काठमाडौं- गण्डकी प्रदेश सरकारले कोभिड नियन्त्रण गर्न अनुत्पादक खर्च कटौती गर्ने भएको छ। बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिड नियन्त्रण गर्न अनुत्पादक खर्च कटौती गरिने बताएका हुन्।
काेभिड नियन्त्रण गरी जनजीवन सामान्यीकरण गर्नु सरकारको दायित्व रहेकाले सोही अनुसार बजेट ल्याइएको उनले बताए।
उनले प्रदेश सरकारको भूमिका थप प्रभावकारी बनाउने, सार्वजनिक खर्चमा पारदर्शिता र मितव्ययिता अपनाउने बताए। यस्तै, भौतिक निर्माणलाई तिब्रता दिने, संघीय इकाईसँग समन्वय गर्ने पनि उनले बताए।
स्थानीय स्रोत साधन प्रयोग गरी रोजगारी अभिवृद्धि गर्ने उनले बताए। चालूतर्फ खर्च ९२.८० प्रतिशत र पूँजीगततर्फ ७०.४६ प्रतिशत रहेको रहेको मुख्यमन्त्री पोखरेलले बताए।
स्रोत परिचालन तर्फ गत वैशाखसम्म ६८ प्रतिशत लक्ष्य प्राप्त भएको उनले बताए।
गण्डकी प्रदेशका बजेटका उद्देश्य तथा प्राथमिकता :
- काेभिड नियन्त्रण गरी जनजीवन सामान्यीकरण गर्ने।
- प्रदेश सरकारको भूमिका थप प्रभावकारी बनाउने। सार्वजनिक खर्चमा पारदर्शिता र मितव्ययिता अपनाउने।
- भौतिक निर्माणलाई तिब्रता दिने। संघीय इकाईसँग समन्वय गर्ने।
क्षेत्रगत प्राथमिकता :
- रोजगारी गुमाएकालाई रोजगारीको अवसर सिर्जना गर्ने।
- स्वस्थ्य पूर्वाधारको विकास तथा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने।
- कोरोनाबाट बन्द उद्योग व्यवसायलाई पुनर्जीवन दिन राहत तथा पुन:स्थापना सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने।
- कृषि क्षेत्रको उत्पादकत्वको वृद्धि गर्दै खाद्य सुरक्षाको प्रत्याभूति गर्ने।
- अधूरा आयोजनालाई निरन्तरता दिने। नयाँ आयोजनालाई विशेष प्राथमिकता दिने।
- सार्वजनिक सेवा प्रवाह लाई पारदर्शी र गुणस्तरीय बनाउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।