काठमाडौं- सर्वोच्च अदालतमा विचराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा तटस्थ राय दिनका लागि सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे र प्रकाश केसीको नाम पठाएको छ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले उनीहरुबाट इजलासलाई सही राय र संविधानको व्याख्यामा सहयोग पुग्ने देखेकाले चयन गरेर पठाएको बताए।
प्रतिनिधि सभा विघटनको मुद्दा ९ गतेदेखि सुनुवाइ हुँदैछ। सर्वाेच्चले नेपाल बार र सर्वोच्चबाट २/२ जानको नाम मागेको थियो। दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।