नुवाकोट– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन्।
सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी यतिबेला नागरिकको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताएका हुन्।
राजनीति पछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकार गम्भीर बन्नु पर्ने बताए। ‘पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौँ। राजनीति भोलि गरुँला। राजनीति पछि गर्न सकिन्छ। अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राजनीतिक दल र सरकार सबैले लिनुपर्छ,’ उनले भने।
सरकारले अहिले ठूला ठूला विकास र समृद्धिका झुठा कुरा गर्नुको सट्टा नागरिकको जीवन रक्षामा लाग्नु पर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।