काठमाडौं- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबार बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
नीति तथा कार्यक्रमको पक्षमा सत्तारूढ दलहरू कांग्रेस, माओवादी केन्द्र , जनता समाजवादी , जनमोर्चा र एक स्वतन्त्र सांसदले मतदान गरे। नेकपा (एमाले) विपक्षमा उभिएको थियो।
सभामुख नेत्रनाथ अधिकारीले बहुमतको आधारमा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम संसद्बाट पारित भएको घोषणा गरे।
नीति तथा कार्यक्रम पारित भएपछि बैठक स्थगित गरिएको छ। अब अर्को बैठक दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।