काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीकाे इजलासले यसअघि जारी गरेकाे अन्तरिम खारेज गरेकाे हाे। यसअघि उनलाई सांसदबाट कारबाही गरिएपछि न्यायका लागि सर्वाेच्च अदालत पुगेका थिए।
सर्वाेच्चले जेठ २३ गते सांसद थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो। न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश दिएको थियो।
सर्वाेच्चले सांसद पद नरहेमा थापाको काम, कर्तव्य, अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षति समेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उनको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
तर, अन्तरिम आदेशविरुद्ध जेठ २६ गते पुनरावलोकनको निवेदन (भ्याकेट) दर्ता भएको थियो। गण्डकी प्रदेश सभाका सभामुख नेत्रप्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय र गण्डकी प्रदेश सभा सचिवालयले सर्वोच्च अदालतमा भ्याकेट दर्ता गराएका थिए। सोमबार साेही निवेदनमा सुनुववाइ गर्दै सर्वाेच्चले अन्तरिम आदेश खारेज गरेको हो।
योसँगै थापालाई पदमुक्त गर्ने निर्णयले वैधता पाएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।