काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
आयोगले जसपाको आधिकारिकता विवादमा त्रुटीपूर्ण निर्णय गरेको भन्दै यादव भट्टराई पक्षले त्यसलाई अदालतमा चुनौती दिने तयारी गरेको हो।
जसपा नेता महेन्द्र राय यादवले नियम कानुनको साटो सेटिङका आधारमा आयोगले निर्णय गरेकाले त्यसविरुद्ध अदालत जाने बताए।
‘सबैको भरोसा अदालत हो, अब अदालतले नै यसको छिनोफानो गर्छ,’ उनले भने। यसबारे निर्णय गर्न अहिले बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा यादव भट्टराई पक्षको पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरुको अनौपचारिक बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।