काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले परिवर्तनका लागि आगामी पुस्ता लड्नु नपरोस् भनेका छन्।
आधुनिक नेपालको निर्माणपछि सबैभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु रहेको भट्टराईले बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा आक्रोश पोख्दै भट्टराईले प्रतिक्रान्तिकारी सत्तामा र क्रान्तिकारी सडकमा हुनु विडम्बना भएकोसमेत बताएका छन्।
‘आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै हो,’ भट्टराईले लेखेका छन्, ‘तर विडम्बना: प्रतिक्रान्तिकारी सत्तामा, क्रान्तिकारी सडकमा! दलाल हिरो, देशभक्त भिलियन! सावधान : अर्को पुस्ता लड्न नपरोस्!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।