काठमाडौं– गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको आज दिउँसो बस्ने बैठकमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको हो।
प्रदेश प्रमुख सीता पौडेलले दिउँसो ३ बजे संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ। प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि दलीय आधारमा १/१ जनालाई बोलने समय दिएर आजै नीति तथा कार्यक्रम पारित गरिने बताइएको छ
असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था अनुसार नीति तथा कार्यक्रमको लागि एक दिनमै छलफल र पारित गर्ने गरी संसद्को कार्यसूची तय गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।