• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बौद्धमा भेटिएको खुट्टा महिलाको भएको पुष्टि, चार जनाले बोरा फ्याँकेको सीसीटिभी फुटेज पनि फेला पर्‍यो

64x64
नेपाल लाइभ आइतबार, जेठ ३०, २०७८  २०:०७
1140x725

काठमाडौं- मंगलबार बिहान बौद्धस्थित नयाँबस्तीमा भेटिएको घुँडाभन्दा मुनिको शवको अवशेषको भाग महिलाको रहेको पुष्टि भएको छ। घुँडाभन्दा मुनिको भाग भेटिएपछि अनुसन्धानमा जुटेको प्रहरीले उक्त खुट्टाको भाग जाँचका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो। 

खुट्टाको पोष्टमार्टम र महिला वा पुरुष छुट्याउनका लागि डिएनए परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको थियो। त्रिवि शिक्षण अस्पतालका विज्ञले उक्त खुट्टाको भाग महिलाको भएको पुष्टि गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

‘भेटिएको खुट्टाको भाग महिलाको हो भन्ने फरेन्सिक विज्ञबाट रिपोर्ट आएको छ’, एसएसपी सिंहले नेपाल लाइभसँग भने। भेटिएको घुँडामुनिको भाग करिब तीन साताअघि काटिएको पनि फरेन्सिक विज्ञको टोलीले बताएको छ। 

घुँडाभन्दा मुनिको भाग भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा र महानरीय प्रहरी वृत्त बौद्धको टोलीले घटनाको अनुसन्धान गरिरहेका छन्। तर, अहिलेसम्म घटनाका बारेमा प्रहरीले महत्वपूर्ण उपलब्धी हासिल गर्न सकेको छैन। यद्यपि, घटनासँग सम्बन्धित हुनसक्ने केही आधारहरु भने प्रहरीले फेला पारेको छ। ती आधारहरुलाई त्यस घटनासँग 'ट्याली' गर्ने काम प्रहरीले गरिरहेको छ।

खुट्टा भेटिएको ठाउँ नजिकै आगो बालेको भेटियो
कुहिन थालिसकेको खुट्टा भेटिएको ठाउँबाट करिब ७ सय मिटर जति टाढा आगो बालेको जस्तो ठाउँ फेला परेको प्रहरीले जनाएको छ। खुट्टा भेटिएपछि वरपर अरु कुनै अंग पनि हुनसक्छ भनेर खोजतलास गरेको प्रहरीले करिब ७ सय मिटर टाढा आगो बालेको जस्तो ठाउँ भेट्टाएको हो। 

‘चिता नै बनाएर मान्छे पोलेको जस्तो भन्दा पनि जमिनमा सानो आकारमा आगो बालेको जस्तो ठाउँ भेटिएको हो’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने, ‘त्यहाँ भएको खरानी र डढेका मासुका जस्ता टुक्रा समेत हामीले उठाएर जाँचका लागि पठाएका छौं।’

यो पनि पढ्नुहोस्

बौद्ध घटना : प्रहरीले हैरानीमात्रै पाउने किसिमको घटना त होइन?मंगलबार, जेठ २५, २०७८

भेटिएको खुट्टा र आगो बालेको ठाउँ र त्यहाँ भेटिएका मासुका जस्ता टुक्राको केही सम्बन्ध छ/छैन भन्ने जाँचका लागि प्रहरीले ती चिज समेत संकलन गरेर जाँचका लागि पठाएको हो। यद्यपि, अहिलेसम्म खुट्टा र आगो बालेको ठाउँ र त्यहाँ भेटिएका मासुका टुक्रा जस्ता वस्तुको सम्बन्धबारे केही खुट्टिसकेको छैन।

चार जनाले बोरामा के फाले?
खुट्टा भेटिएकै ठाउँमा चार जनाले एउटा बोरा फ्याँकेको सीसीटिभी फुटेज प्रहरीले फेला पारेको छ। यसलाई प्रहरीले महत्वपूर्ण उपलब्धी मानेको छ। यसलाई केन्द्रमा राखेर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। ती चार जनाले बोरामा के प्याक गरेर फ्याँके? बोरा फ्याँक्ने ती चार जना व्यक्ति को हुन्? अहिले यही विषयलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सीसीटिभी फुटेजमा ती चार युवा भने प्रष्ट नदेखिएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ। ‘रातिको समयमा बोरा फ्याँकेको देखिन्छ। तर, उनीहरुको अनुहार प्रष्ट देखिँदैन। उनीहरु को हुन्? के फ्याँके भन्नेबारे अनुसन्धान जारी छ’, एसएसपी सिंह भन्छन्।

सीसीटिभी फुटेजमा देखिएका चार व्यक्तिलाई चिन्ने मान्छे कोही छ कि भनेर अहिले प्रहरीले घटनास्थल वरपरका व्यक्तिसँग समेत सोधपुछ गरिरहेको छ। सीसीटिभी फुटेजमा चार व्यक्ति देखिएको समयमा उनीहरुलाई देख्ने कोही छन् कि वा सीसीटिभी फुटेजमा देखिएको हुलिया तथा कपडा लगाएर हिँडेको व्यक्ति कसैले देखेको छ कि भन्नेबारे प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।

'मिसिङ केस'बाट खुलेन केही
प्रहरीले पछिल्लो दुई/तीन महिनादेखि कोही हराएको भए त्यसको खबर गर्न भनेको छ। हराएको भनेर निवेदन परेका व्यक्तिको फाइल प्रहरीले पल्टाइसकेको छ। तर, त्यसबाट पनि कुनै क्लू हात नपरेको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ बताउँछन्।

‘हराएको मान्छे भनेपछि यो हुनसक्छ भनेर खोजिनीति गर्दा ती व्यक्तिहरु अहिले परिवारकै सम्पर्कमा रहेको पाइएको छ। घटना सार्वजनिक भएपछि अहिलेसम्म कोही पनि मेरो मान्छे हराएको थियो भन्दै सम्पर्कमा आएका छैनन्’, एसएसपी खापुङ भन्छन्, ‘यो घटना रहस्यमय नै छ अहिलेसम्म।’

फेला परेको हड्डीबाट त्यो महिलाको रहेको फरेन्सिक विज्ञले रिपोर्ट दिएपनि व्यक्तिको पहिचान हुन नसक्दा अनुसन्धानमा समस्या परेको प्रहरी अधिकारीहरू बताउँछन्।

प्रहरीको दिमागमा तेर्सिएको प्रश्न- मासु छिलेर हड्डी किन निकालियो?
घुँडाभन्दा मुनिका खुट्टाको भाग भेटिएको र त्यसको पनि हड्डी भने नभएको पाइएको छ। मासु छिलेर निकाले जसरी हड्डी बिनाको मासुको भाग मात्रै नयाँबस्तीमा फ्याँकेजस्तो देखिएको छ। खुट्टाको घुँडाभन्दा मुनिको भाग मात्रै भेटिनु र त्यसको पनि हड्डी नभेटिएपछि अनुसन्धानमा खटिएका प्रहरीकासामु अहिले एउटा प्रश्न तेर्सिएको छ- मासु छिलेर हड्डी किन निकालियो ?

हड्डीको भाग नै नभेटिएपछि प्रहरीले भने विभिन्न कोणबाट घटनाको विश्लेषण गरेको छ। कालगतिले नै मान्छे मरेपनि उचित तरिकाले सदगत्‌ गर्न नसक्दा बाँकी रहेको अस्तुको भाग कुनै जनावरले त्यहाँ पुर्‍याएको हुनसक्छ कि भनेर अनुसन्धान गरिरहेको एसएसपी खापुङ बताउँछन्।

अर्कोतफ मृत व्यक्तिको हड्डी कुनै लामा, धामी वा कसैले निकालेको पनि हुन सक्नेतर्फ पनि विश्लेषण गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपि, अहिलेसम्म यसबारे प्रहरीले कुनै निष्कर्ष भने निकाल्न सकेको छैन।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्