• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बौद्धमा भेटिएको खुट्टा महिलाको भएको पुष्टि, चार जनाले बोरा फ्याँकेको सीसीटिभी फुटेज पनि फेला पर्‍यो

64x64
नेपाल लाइभ आइतबार, जेठ ३०, २०७८  २०:०७
1140x725

काठमाडौं- मंगलबार बिहान बौद्धस्थित नयाँबस्तीमा भेटिएको घुँडाभन्दा मुनिको शवको अवशेषको भाग महिलाको रहेको पुष्टि भएको छ। घुँडाभन्दा मुनिको भाग भेटिएपछि अनुसन्धानमा जुटेको प्रहरीले उक्त खुट्टाको भाग जाँचका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो। 

खुट्टाको पोष्टमार्टम र महिला वा पुरुष छुट्याउनका लागि डिएनए परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको थियो। त्रिवि शिक्षण अस्पतालका विज्ञले उक्त खुट्टाको भाग महिलाको भएको पुष्टि गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

‘भेटिएको खुट्टाको भाग महिलाको हो भन्ने फरेन्सिक विज्ञबाट रिपोर्ट आएको छ’, एसएसपी सिंहले नेपाल लाइभसँग भने। भेटिएको घुँडामुनिको भाग करिब तीन साताअघि काटिएको पनि फरेन्सिक विज्ञको टोलीले बताएको छ। 

घुँडाभन्दा मुनिको भाग भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा र महानरीय प्रहरी वृत्त बौद्धको टोलीले घटनाको अनुसन्धान गरिरहेका छन्। तर, अहिलेसम्म घटनाका बारेमा प्रहरीले महत्वपूर्ण उपलब्धी हासिल गर्न सकेको छैन। यद्यपि, घटनासँग सम्बन्धित हुनसक्ने केही आधारहरु भने प्रहरीले फेला पारेको छ। ती आधारहरुलाई त्यस घटनासँग 'ट्याली' गर्ने काम प्रहरीले गरिरहेको छ।

खुट्टा भेटिएको ठाउँ नजिकै आगो बालेको भेटियो
कुहिन थालिसकेको खुट्टा भेटिएको ठाउँबाट करिब ७ सय मिटर जति टाढा आगो बालेको जस्तो ठाउँ फेला परेको प्रहरीले जनाएको छ। खुट्टा भेटिएपछि वरपर अरु कुनै अंग पनि हुनसक्छ भनेर खोजतलास गरेको प्रहरीले करिब ७ सय मिटर टाढा आगो बालेको जस्तो ठाउँ भेट्टाएको हो। 

‘चिता नै बनाएर मान्छे पोलेको जस्तो भन्दा पनि जमिनमा सानो आकारमा आगो बालेको जस्तो ठाउँ भेटिएको हो’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने, ‘त्यहाँ भएको खरानी र डढेका मासुका जस्ता टुक्रा समेत हामीले उठाएर जाँचका लागि पठाएका छौं।’

यो पनि पढ्नुहोस्

बौद्ध घटना : प्रहरीले हैरानीमात्रै पाउने किसिमको घटना त होइन?मंगलबार, जेठ २५, २०७८

भेटिएको खुट्टा र आगो बालेको ठाउँ र त्यहाँ भेटिएका मासुका जस्ता टुक्राको केही सम्बन्ध छ/छैन भन्ने जाँचका लागि प्रहरीले ती चिज समेत संकलन गरेर जाँचका लागि पठाएको हो। यद्यपि, अहिलेसम्म खुट्टा र आगो बालेको ठाउँ र त्यहाँ भेटिएका मासुका टुक्रा जस्ता वस्तुको सम्बन्धबारे केही खुट्टिसकेको छैन।

चार जनाले बोरामा के फाले?
खुट्टा भेटिएकै ठाउँमा चार जनाले एउटा बोरा फ्याँकेको सीसीटिभी फुटेज प्रहरीले फेला पारेको छ। यसलाई प्रहरीले महत्वपूर्ण उपलब्धी मानेको छ। यसलाई केन्द्रमा राखेर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। ती चार जनाले बोरामा के प्याक गरेर फ्याँके? बोरा फ्याँक्ने ती चार जना व्यक्ति को हुन्? अहिले यही विषयलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सीसीटिभी फुटेजमा ती चार युवा भने प्रष्ट नदेखिएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ। ‘रातिको समयमा बोरा फ्याँकेको देखिन्छ। तर, उनीहरुको अनुहार प्रष्ट देखिँदैन। उनीहरु को हुन्? के फ्याँके भन्नेबारे अनुसन्धान जारी छ’, एसएसपी सिंह भन्छन्।

सीसीटिभी फुटेजमा देखिएका चार व्यक्तिलाई चिन्ने मान्छे कोही छ कि भनेर अहिले प्रहरीले घटनास्थल वरपरका व्यक्तिसँग समेत सोधपुछ गरिरहेको छ। सीसीटिभी फुटेजमा चार व्यक्ति देखिएको समयमा उनीहरुलाई देख्ने कोही छन् कि वा सीसीटिभी फुटेजमा देखिएको हुलिया तथा कपडा लगाएर हिँडेको व्यक्ति कसैले देखेको छ कि भन्नेबारे प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।

'मिसिङ केस'बाट खुलेन केही
प्रहरीले पछिल्लो दुई/तीन महिनादेखि कोही हराएको भए त्यसको खबर गर्न भनेको छ। हराएको भनेर निवेदन परेका व्यक्तिको फाइल प्रहरीले पल्टाइसकेको छ। तर, त्यसबाट पनि कुनै क्लू हात नपरेको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ बताउँछन्।

‘हराएको मान्छे भनेपछि यो हुनसक्छ भनेर खोजिनीति गर्दा ती व्यक्तिहरु अहिले परिवारकै सम्पर्कमा रहेको पाइएको छ। घटना सार्वजनिक भएपछि अहिलेसम्म कोही पनि मेरो मान्छे हराएको थियो भन्दै सम्पर्कमा आएका छैनन्’, एसएसपी खापुङ भन्छन्, ‘यो घटना रहस्यमय नै छ अहिलेसम्म।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फेला परेको हड्डीबाट त्यो महिलाको रहेको फरेन्सिक विज्ञले रिपोर्ट दिएपनि व्यक्तिको पहिचान हुन नसक्दा अनुसन्धानमा समस्या परेको प्रहरी अधिकारीहरू बताउँछन्।

प्रहरीको दिमागमा तेर्सिएको प्रश्न- मासु छिलेर हड्डी किन निकालियो?
घुँडाभन्दा मुनिका खुट्टाको भाग भेटिएको र त्यसको पनि हड्डी भने नभएको पाइएको छ। मासु छिलेर निकाले जसरी हड्डी बिनाको मासुको भाग मात्रै नयाँबस्तीमा फ्याँकेजस्तो देखिएको छ। खुट्टाको घुँडाभन्दा मुनिको भाग मात्रै भेटिनु र त्यसको पनि हड्डी नभेटिएपछि अनुसन्धानमा खटिएका प्रहरीकासामु अहिले एउटा प्रश्न तेर्सिएको छ- मासु छिलेर हड्डी किन निकालियो ?

हड्डीको भाग नै नभेटिएपछि प्रहरीले भने विभिन्न कोणबाट घटनाको विश्लेषण गरेको छ। कालगतिले नै मान्छे मरेपनि उचित तरिकाले सदगत्‌ गर्न नसक्दा बाँकी रहेको अस्तुको भाग कुनै जनावरले त्यहाँ पुर्‍याएको हुनसक्छ कि भनेर अनुसन्धान गरिरहेको एसएसपी खापुङ बताउँछन्।

अर्कोतफ मृत व्यक्तिको हड्डी कुनै लामा, धामी वा कसैले निकालेको पनि हुन सक्नेतर्फ पनि विश्लेषण गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपि, अहिलेसम्म यसबारे प्रहरीले कुनै निष्कर्ष भने निकाल्न सकेको छैन।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्