काठमाडाैं- जीसेभन राष्ट्रका नेताहरूलाई मुठीभरका देशले संसारको भविष्य निर्णय गर्ने दिनहरू अब समाप्त भइसकेका चीनले चेतावनी दिएको छ।
बेलायतीको कर्नवेलमा आयोजित यस शिखर सम्मेलनमा चीनले उक्त चेतावनी दिएको हो।
लण्डनस्थित चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन् ‘ कुनै पनि देश चाहे ठूलो होस् वा सानो, कडा होस् वा कमजोर, गरीब होस् वा धनी, सबैलाई हाम्रो समान छ। र, विश्वव्यापी मामिला सबै देशले विचार गर्नुपर्दछ। यो हुनुपर्दछ।’
यो भनाइ यस्तो बेला आएको हो जब जीसेभेन राष्ट्रहरु चीनको अगाडि एकजुट हुने प्रयास गर्दैछन्। जीसेभेन देशहरूमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका छन्।
शिखर सम्मेलनमा उपस्थित बीबीसीका संवाददाताले भनेका छन्,‘अमेरिकी राष्ट्रपति जो वाइडेनले जोड दिएका थिए कोरोनापश्चात महामारीमा लोकतान्त्रिक देशहरू र तानाशाही प्रणाली भएका देशहरूबीच द्वन्द्वको स्थिति रहेको छ।’
सन् १९९१ मा शीतयुद्धको क्रममा सोभियत संघको विघटनपछि विश्वको एक महाशक्तिको रूपमा चीनको उदय भएकाे थियाे। पछिल्ला दशकहरूमा चीनले विश्वको मञ्चमा आफ्नो प्रभाव बढाएको छ।
चीनले आफ्नो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत विश्वका धेरै विकासोन्मुख देशहरूमा ठूलो आर्थिक लगानी गरेको छ।
पछिल्ला दशकमा चीनले ठूलो सैन्य र आर्थिक शक्ति प्राप्त गरेको छ। चिनियाँ राष्ट्रपति सी चीचफिङकाे ठोस कदमहरूलाई कसरी लिने भन्ने बारेमा जीसेभेन बैठकमा छलफल भइरहेको छ।
पश्चिमी देशहरू चीनको प्रभाव कम गर्न कडा विकल्प पेश गर्न चाहन्छन्।
जीसेभेन राष्ट्रहरु विकासोन्मुख देशहरूको लागि चीनको बहु अर्ब डलरको बीआरआईको विकल्पको रूपमा अन्य योजनामा काम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।