काठमाडौं- लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले गत मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे।
आइतबार नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति, कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि मुख्यमन्त्रीले प्रस्ताव पेश गरेका थिए।
सो प्रस्ताव बहुमतले पारित भएको सभामुखले घोषणा गरेका हुन्। विपक्षी दलहरु नीति तथा कार्यक्रम असफल बनाउने रणनीतिमा रहेपनि सरकारको नीति तथा कार्यक्रम भने पास भएको छ। बैठक अब असार १ गते बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।