• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले मिल्दा दुइटा प्रदेश सरकार जोगिने, थप दुई प्रदेशमा एमालेकै सरकार बन्न सक्ने

64x64
नेपाल लाइभ आइतबार, जेठ ३०, २०७८  १४:३०
1140x725

काठमाडौं– आफ्ना लागि सबैभन्दा बलियो पकड रहेको मानिने गण्डकीमा नेकपा एमालेले शनिबार प्रदेश सरकार गुमायो। गण्डकी प्रदेश सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बलियो उपस्थिति छ। एमालेका २७ जना प्रदेश सभा सदस्यमध्ये २६ जना ओली पक्षकै छन्। तर, ओलीकै विश्वासपात्र पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीबाट बिदा हुनु परेको छ। 

पार्टीभित्रको विवादको पछिल्लो उपज हो गण्डकी प्रकरण। सर्वोच्चको फैसलानुसार तत्कालीन नेकपा विभाजित भएपछि एमालेमा बढ्दो विवादको परिणामस्वरुप कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार 'गुमाइसकेको' छ। आफ्नो एकल बहुमत रहेको कर्णाली र सरकार गठनका लागि अन्य २ जना मात्रै सांसदको साथ भए पुग्ने सुदूरपश्चिममा एमालेको आन्तरिक विवादका कारण माओवादी केन्द्रको सरकार टिक्न सफल भएको छ।

७ प्रदेशमध्ये अब एमालेको सरकार ३ प्रदेशमा बाँकी रहेको छ। यद्यपि आन्तरिक विवादलाई समाधान नगर्ने हो भने एमाले संस्थापनले बाँकी रहेका प्रदेशमा पनि आफ्नो सरकार जोगाउन सहज भने हुने छैन।

बागमतीमा एकता कायम,  केन्द्रको निर्णयले पार्नेछ प्रभाव
शनिबार बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। नीति तथा कार्यक्रम पारित हुनुमा सत्तारुढ एमालेको प्रदेश कमिटीमा 'एकता कायमै रहनु' मुख्य कारण हो। 

शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका थिए।

१ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा एमालेका ५८ जना छन्। तीमध्ये नेपाल पक्षका २१ जना छन्। शनिबार नीति तथा कार्यक्रम पास गर्न एमालेका सांसद एउटै कित्तामा उभिँदा विपक्षी दलहरुको गठबन्धनले कुनै प्रभाव पार्न सकेन। 

मुख्यमन्त्री पौडेल हालसम्म सुविधाजनक बहुमतमा छन्। एमाले एकता कायम रह्यो भने विपक्षी गठबन्धनले उनको सरकारलाई 'हल्लाउन सक्ने' देखिँदैन। विपक्षी दलहरु माओवादी केन्द्रका २३ सांसद छन्। कांग्रेसका २२ जना सांसद छन्। यस्तै, विवेकशील साझाका ३, मजदुर किसान पार्टी र राप्रपाका २/२ सांसद छन्। 

प्रदेश १ मा पनि एमाले नै
प्रदेश १ मा एमालेका ५१ सांसद छन्। नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईलाई छाड्नेवित्तिकै सरकार संकटमा पर्नेछ। यसअघि नेपाल पक्षसहित मिलेर उनीविरुद्ध अविश्वास प्रस्ताव समेत ल्याइएको थियो। फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ मा फर्काएपछि उनलाई राहत मिल्यो। 

Ncell 2
Ncell 2

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद संख्या आवश्यक पर्दछ। कांग्रेसका २१, माओवादीका १४ जना प्रदेश सभामा कायम छन्। कुल १५ सांसदमध्ये माओवादी केन्द्रले सांसद टंक आङ्बुहाङलाई कारबाही गरेको छ। जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्र तर्फका १/१ प्रदेश सभा सदस्य छन्।

सुदूरपश्चिम  र कर्णालीमा उल्टिन सक्छ सत्ता
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हाललाई एमालेले सरकार बनाउने अवसर गुमाइसकेको छ। सुदुरपश्चिममा संसदीय दलमा बहुमतमा रहेका एमालेको माधवकुमार नेपालपक्षका सांसदको साथ पाएर भट्टको सरकार जोगिएको हो। सुदुरपश्चिम प्रदेश सभामा एमालेका २५ सदस्यमध्ये १७ जना नेपालपक्षका छन्। त्यसैगरी कर्णालीमा माधव नेपाल पक्षका ४ सांसदले फ्लोर क्रस गरेपछि माओवादी केन्द्रको सरकार जोगिएको हो।

सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। कुल ५३ प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्री त्रिलोचन भट्टको पार्टी माओवादी केन्द्रका १३ सांसद छन्। कांग्रेसका १२ र जसपाका २ सांसद छन्।

भट्टले विश्वासको मत लिँदा जसपाका २ सांसद तटस्थ बसेका थिए। जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ती सांसदले एमालेलाई समर्थन गर्ने सम्भावना बलियो रहन्छ। 

यस्तै, कर्णालीमा एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका हुन्। शाहीले विश्वासको मत माग्दा पक्षमा मतदान गरेर माओवादीको सरकार जोगाइदिएका ४ जना सांसदलाई एमालेले कारबाही गरेपछि उनीहरु सांसदबाट पदमुक्त भएका थिए। तर, सर्वोच्च अदालतले उनीहरुलाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको छ। 

३९ सदस्यीय प्रदेश सभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० सिट कायम भएको छ। कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ जना सांसद छन् भने कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । अभिम... बुधबार, चैत ४, २०८२
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस अयोगका अध्यक्ष दीपक सुवेदीसहित पदाधिकारीको टोलीले आज मन्त्री अर्याललाई प्रतिवेदन बुझाएको हो। त्यस अवसरमा गृहमन्त्री अर्यालले छिट्टै... मंगलबार, चैत ३, २०८२
रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड मंगलबार काठमाडौँमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक ‘संकल्पन’ को विमोचन कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनहरूमा कुनै एक दलले प्... मंगलबार, चैत ३, २०८२
ताजा समाचारसबै
इरानसँगको युद्धलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा बुधबार, चैत ४, २०८२
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा बुधबार, चैत ४, २०८२
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने बुधबार, चैत ४, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बुधबार, चैत ४, २०८२
यी चार प्रदेशमा वर्षाको सम्भावना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्