काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रमको विपक्षमा उभिन ह्वीप जारी गरेको छ।
सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाले ह्वीप जारी गरेको हो। उनीहरू जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका हुन्।
उनीहरू मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन्।
तर, जसपाले कारबाही गरेपछि उनीहरूको सांसद पद गुमेको थियो। जसविरुद्ध उनीहरू सर्वाेच्च पुगेका थिए। सर्वाेच्चले उनीहरुलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको थियो।
संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक पुर्मति ढेंगा मगरले बताएकी छन्।
लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ-राजेन्द्र पक्षमा छन्। बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षमा २ जना छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।