काठमाडाैं- नेकपा (एमाले) का नेता योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकरावमा पृथ्वी सुब्बाहरु पिल्सिनुपरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।
गण्डकी प्रदेशका निर्तमान मुख्यमन्त्री गुरुङले विश्वासको मत गुमाएपछि आज कांग्रेसका मुख्यमन्त्री नियुक्त भएको सन्दर्भमा उनले यस्तो असन्तुष्टि पोखेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सबै प्रदेशमा दलका काम कारवाहीको पुन:संरचना गर्न ढिला गर्न नहुने बताएका छन्।
'नेताहरुको अहंकार र शक्तिको टकरावमा कति पृथ्वी सुब्बाहरु पिल्सिनुपर्ने हो? ईन्द्रलाल सापकोटा र विष्णु पन्थीजस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्निपरीक्षामा सामेल भइरहनुपर्ने हो?,' उनले प्रश्न गर्दै भनेका छन्, 'सबै प्रदेशमा दलका काम कारवाहीको पुन: संरचना गर्न ढिला नगरौं!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।