काठमाडाैं- अल्जेरियामा संसदीय चुनावका लागि मतदान भइरहेको छ। हजारौं जनताको बिरोधका बीच मतदान शुरु भएको हो।
राजनीतिक अस्थिरता, तेलबाट मुलुकको आम्दानीमा गिरावट र कोरोना महामारीले सरकारले गरेका धेरै सुधार प्रतिज्ञाहरूलाई प्रभावित गरेको छ।
‘यदि तपाईं परिवर्तन चाहनुहुन्छ भने आफ्नो मतदान दिनुहोस्’ यस वर्षको चुनावमा नारा थियो।
यद्यपि, पछिल्लो चुनावमा भन्दा अहिले मत कम खस्ने अनुमान गरिएको छ। ठूला सहरमा हजारौं नागरिकले प्रदर्शन गरिरहेका छन्।
यसपटक २० हजारभन्दा बढी उम्मेद्वार ४७० सिटका लागि प्रतिस्पर्धा गरिरहेका छन्। हाल पहिलेभन्दा बढी स्वतन्त्र उम्मेदवार मैदानमा छन्।
यसपटक चुनावमा महिला उम्मेद्वारको संख्या करिब ५० प्रतिशत छ।
अफ्रिकाको सबैभन्दा ठूलो देशका राष्ट्रपति अबेलाजीज बोटिकले अप्रिल २०१९ मा राजीनामा दिएपछि यो तेस्रो पटक चुनाव हुन लागेको हो। चुनावको नतिजा सोमबार आउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।