काठमाडाैं- गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसँगै चारजना विनाविभागीय मन्त्रीले शपथ लिने भएका छन्।
प्रदेश प्रमुख सीता पौडेलले आज विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। मुख्यमन्त्री पोखरेलले आज ७:३० बजे प्रदेश प्रमुख पाैडेलबाट शपथ लिँदै छन्।
पोखरेलले नेपाली कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई शपथ गराउने भएका छन्। उनीहरुलाई आज विनाविभागीय मन्त्रीको शपथ गराइने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।