काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी असार ३ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालयले शनिबार सूचना जारी गरी बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको हो। बैठक असार ३ गते बिहीबार दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने सूचनामा उल्लेख छ।
शनिबार बसेको पार्टीका पदाधिकारीहरुको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुमोदन गर्नेलगायत अन्य निर्णयका लागि केन्द्रीय समिति बैठक बोलाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।