काठमाडाैं- सोमालियामा सेनाले गरेको कारबाहीमा परेर कम्तीमा १७ सशस्त्र लडाकूहरुको ज्यान गएको छ। कारबाहीमा परेर अरु दर्जनाैं विद्रोही मारिएको आशंका गरिएको छ।
सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाका विभिन्न दुई प्रान्तमा गरिएकाे कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन्।
हिरान भन्ने स्थानमा सोमालियको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो। सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्ने नगरमा भएको अर्काे एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन्।
ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो।
सूचनाका आधारमा सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो। कारबाहीमा परेर के कति विद्रोही मारिए भन्ने बारेमा स्पष्ट सूचना आउन बाँकी रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।