काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। उनलाई शनिबार प्रदेश प्रमुख सीता पौडेलले नियुक्त गरेकी हुन्।
प्रदेश प्रमुख कार्यालयको सूचना अनुसार मुख्यमन्त्रीमा पोखरेलको मात्रै दाबी परेको थियो। ‘मिति २०७८ जेठ २९ गते दिउँसो ३ बजेसम्ममा माननीय कृष्णचन्द्र नेपाली पोखरेलको एक मात्र मुख्यमन्त्रीमा दाबी निवेदन दर्ता हुन आएकोले प्रदेश प्रमुख माननीय सीताकुमारी पौडेलज्यूले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माननीय कृष्णचन्द्र नेपाली पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधरा (५) बमोजिम नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ शनिबार प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि पृथ्वी सुब्बा गुरुङले पनि दाबी गरेको एमालेका सांसद्हरुले बताएका थिए। उनले राजमोबाट निष्कासित सांसद् कृष्ण थापा र जसपाका महन्थ ठाकुर पक्षको प्रदेश समितिको समर्थनका साथ दाबी गरेको बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।