काठमाडाैं- नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको जस्तै व्यवहार नदोर्याउन गण्डकी प्रदेशका प्रमुख सीता पौडेललाई चेतावनी दिएको छ।
मुख्यमन्त्रीमा विश्वास गुमाएका पृथ्वी सुब्बा गुरुङले फेरि सोही पदको दाबी गरेपछि कांग्रेसले यस्तो चेतावनी दिएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रदेश प्रमुखलाई चेतावनीको शैलीमा भने, ‘होसियार! शितलनिवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस्! कब्जाशैलीमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुई दिनअघि गुमाएका व्यक्तिको पुन: मुख्यमन्त्रीमा दाबीले षड्यन्त्रको आशंका बढाएको छ।’
शुक्रबार प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएका सांसदको तस्बसरले कसको बहुमत हुने सिद्ध गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।