फाइल तस्बिर
काठमाडाैं- गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुन: मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
निर्धारित ३ बज्नु केहीअघि तीन दलको समर्थनसहित गुरुङले मुख्यमन्त्रीको दाबी गरेको बताइएको छ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकजना स्वतन्त्र सांसदले शुक्रबार दाबी पेस गरेका थिए। आफ्नो पक्षले बुझाएको हस्ताक्षरसहितको प्रमाण पुगेको दाबीसहित सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।