काठमाडौं– अमेरिकाका एक शीर्ष स्वास्थ्य विशेषज्ञ तथा राष्ट्रपतिका सल्लाहकार डाक्टर एन्थनी फाउचीले कोरोना खोपको दुई डोज बीचको फरक धेरै राखिए संक्रमणको खतरा बढ्ने बताएका छन्।
एक अन्तर्वार्ताका क्रममा डा फाउचीले दुई डोजबीचको फरक धेरै समय राख्दा नयाँ भेरिएन्टको खतरा बढ्ने बताए।
‘फाइजरको एमआरएनए कोरोना भ्याक्सिनको दुई डोजको बीच तीन सप्ताह र माडर्नाको एमआरएनए भ्याक्सीनको दुई डोज बीचमा फरक चार हप्ता हुनुपर्छ,’ उनले भने, ‘भ्याक्सिनको दुई डोजको बीचको अन्तरलाई बढाउँदा यसले तपाईलाई कुनै कोरोना भाइरस भेरिएन्टबाट संक्रमित हुने खतरा बढाउँछ। हामीले बेलायतमा यही देखेका छौं। त्यहाँ भ्याक्सिनको डोजको बीचको अन्तरलाई बढाइएको थियो र त्यहाँ नयाँ भेरिएन्टको खतरा बढ्यो। मेरो सुझाव छ, तोकिएको समयसीमा भित्रै दुबै डोज लगाउनुस्।’
गत महिना भारत सरकारले कोभिसिल्ड नाममा दिइरहिएको एस्ट्राजेनेका–अक्सफोर्डको खोपको दुई डोज बीचको अन्तराललाई बढाएर १२ बाट १६ हप्ता बनाएको थियो।
यसअघि कोभिसिल्डको दुई डोज बीचको अन्तर ६ देखि ८ हप्ता राखिएको थियो। यसअघि त्यसको अन्तर चारदेखि ६ हप्ता राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।