काठमाडौं– इथियोपियाको टिग्रे क्षेत्रमा करिब ३३ हजार बालबालिका भोक र कुपोषणका कारण मर्नसक्ने यूनिसेफले चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था यूनिसेफले टिग्रे इलाकामा करिब ३३ हजार बालबालिका भोकका कारण मर्न सक्ने चेतावनी दिएको हो।
सरकारी सुरक्षाकर्मी र विद्रोहीबीच लगातार संघर्ष जारी रहँदा टिग्रेको अवस्था जर्जर बनेको छ।
नोभेम्बर २०२०मा शुरु भएको यो लडाइपछि अहिलेसम्म टिग्रेबाट करिब १७ लाख मानिस विस्थापित भइसकेको बीबीसीले जनाएको छ।
संयुक्त राष्ट्रसंघको एक अध्ययन अनुसार यस क्षेत्रमा रहने करिब ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा रहेका छन्।
अध्ययनमा करिब ३३ हजार बलबालिकाको भोकका कारण मृत्यु हुने आशंका गरिएको छ तर इथियोपियाले भने उक्त दाबीमा असहमति जनाएको छ। उसले टिग्रेमा सहयोग पठाइरहिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।