काठमाडाैं- चीनले विदेशमा बसिरहेका आफ्ना नागरिकलाई काेराेनाविरुद्धकाे खाेप दिने भएकाे छ।
लगभग १५० वटा मुलुकमा बसिरहेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँ नागरिकलाई बेग्लाबेग्लै खाेप दिन लागेकाे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जानकारी दिए।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको दावी गरे।
उनका अनुसार मार्च ७ तारिख चिनियाँ राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त चिनियाँ खोप परियोजनाबाट सार्वजनिक गरेका थिए।
यसबाहेक सरकारले चीनमा बसेका विदेशीहरुको स्वास्थ्यलाई उच्च ध्यान राखेकाे उनकाे भनाइ छ।
उमेर मापदण्ड पूरा गरेका विदेशीहरूलाई चिनियाँ खोप लगाउने योजना बनाएको उनले जानकारी दिए।
हालसम्म चीन सरकारले दुई लाखभन्दा बढी विदेशीलाई खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।