काठमाडाैं- विभिन्न व्यक्तिहरुको अगुवाइमा जुम प्रविधिमार्फत बिरामीलाई चिकित्सकको पहुँचमा पुर्याउने अभियान सुरु भएको छ। कोभिडसँगै नन कोभिड बिरामीलाई सघाउन उनले 'मानवताको सेवामा मेची अभियान' सुरु गरिएको हो।
लकडाउनले अस्पताल जान कठिनाइ भोगिरहेकालाई ‘जुममार्फत् जीवनको कार्यक्रम’मा जोड्न अभियान थालिएको अभियन्तामध्येका एक नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रारम्भमा दुई साता र लगत्तै समय थपेर सेवा प्रवाह गर्ने शर्माले जानकारी दिए। विशेषज्ञ चिकित्सक, दुई दर्जन स्वास्थ्यकर्मी र स्थानीय तहसँग सहकार्य गरी अभियान सुरु गरेको शर्माले जानकारी दिए। जुममा बिरामीले डाक्टरसँग प्रत्यक्ष संवाद गर्न सक्ने छन्।
कोभिड कहरमा बाहिर निस्कन नपाएका बिरामीको ल्याब टेस्ट सम्बन्धित स्थानमा गएर लिने बताइएको छ। नमूना संकलनका लागि पनि अभियानकर्मी घरमै पुग्ने बताइएको छ।
कमजोर आर्थिक स्थिति भएकालाई महत्त्वका साथ सेवा दिने शर्माले बताए। आर्थिक अभाव रहेका नागरिकका लागि परीक्षण, औषधि, एम्बुलेन्स र निःशुल्क अस्पताल उपलब्ध हुने शर्माले जानकारी दिए। यस अभियानमा स्वयंसेवीका रुपमा सय जनाभन्दा बढी फिल्डमा खट्ने बताइएको छ।
झापा १ मा जेठ १५ मा सुरु भएको अभियान इलाममा पनि विस्तार गरिने शर्माले जानकारी दिए। थप विस्तारित सेवाबाट इलामका पाँच गाउँका बिरामीले लाभान्वित हुने बताएका छन्।
अभियानमा झापाको मेचीनगर नगरपालिकाले समेत सहकार्य गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।