सरकारको दाबी गर्न प्रदेश प्रमुखको कार्यालय जाँदै प्रस्तावित मुख्यमन्त्री पोखरेलसहितका सांसदहरु।
काठमाडौं- गण्डकी प्रदेशका विपक्षी दलहरु बहुमत सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न प्रदेश प्रमुखकोमा पुगेका छन्।
मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गर्दै प्रदेश सभामा ३१ सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेको कांग्रेस सांसद विष्णु लामिछानेले जानकारी दिए।
उनीहरू कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका २/२ र स्वन्तन्त्र एक गरी ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।
जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्तमा परेकाले ३० जनाले बहुमत पुग्दछ।
प्रदेश प्रमुख सीता पौडेलले आज २४ घण्टाको अवधि दिएर संविधानको धारा १६८ (५) को सरकार बनाउन आह्वान गरेकी छन्। प्रदेश प्रमुखले आह्वान गरेको केही घण्टामै विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी गर्न पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।