काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अन्य प्रदेशमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्रीहरु रहेका सरकार ढल्ने बताएका छन्।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।
उनले आफूहरु लोकतन्त्रलाई जोगाउनका लागि संघर्ष गर्न तयार रहेको उनले बताए। ‘तर, अहिले हाम्रो आस्था सर्वोच्चमा छ। सर्वोच्चप्रति हाम्रो ठूलो आस्था भएकोले त्यहाँबाट न्याय पाइन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ’, उनले भने।
नागरिकता अध्यादेशका सन्दर्भमा प्रतिक्रिया दिँदै यादवले नागरिकता विधेयकलाई सरकारले संसद्बाट पारित गराएर नागरिकताबाट वञ्चित रहेका नागरिकलाई नागरिकता दिनुपर्ने बताए।
उनले जसपामा केही मान्छेले विधान उल्लंघन गरेकाले निष्कासित भएतापनि पार्टी एउटै रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।