काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा उक्त संख्यमा संक्रमित थपिएका हुन्।
९ हजार ५९८ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो।
पीसीआरबाट २ हजार ७०९ र एन्टीजेनबाट १ हजार ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालका पीसीआरबाट कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ। यस्तै, एन्टीजेनबाट १८ हजार ७५५ जनामा कोरोना पहिचान भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।