काठमाडौं- गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिइएको छ। प्रदेश प्रमुख सिता पाैडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेकी छन्।
बिहीबार विश्वासको मत लिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत पुर्याउन नसकेपछि सरकार गिरेको थियो। उनी संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। अ
हिले भने १६८ (५) अनुसार दाबी गर्न प्रदेश प्रमुखले आह्वान गरेकी हुन्।
५) उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
विपक्षी गठबन्धनले नेपाली कांग्रेस प्रदेश सभा सदस्य कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्रीका लागि अगाडि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।