काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संसद्मा बहुमत नरहेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको छ।
बिहीबारको मतदानमा गुरुङले विश्वासको मत गुमाएका थिए। बहुमतका लागि ३१ मत आवश्यक पर्नेमा गुरुङको पक्षमा २७ मत खसेको थियो।
सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख कार्यालयलाई पत्र पठाई शुक्रबार त्यसबारे जानकारी गराएको कांग्रेस प्रदेश सांसद विष्णु लामिछानेले जानकारी दिए।
संसद्को पत्रको आधारमा प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (५) अनुसारको सरकार बनाउन अब आव्हान गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।