काठमाडौं- राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई गण्डकी प्रदेशको सांसद पदबाट पुनः हटाइएको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्विप उल्लंघन गरेपछि उनलाई दोस्रोपटक सांसदबाट हटाइएको हो। बिहीबारको मतदान प्रक्रियामा थापा तटस्थ बसेका थिए।
जनमोर्चाको संसदीय दलले उनलाई हटाएको सूचना संसद सचिवालयमा दर्ता गरिएको थियो। थापालाई हटाइएको पत्र सभामुख नेत्रनाथ अधिकारीले संसद्को आज (शुक्रबार) को बैठकमा पढेर सुनाएका थिए।
सांसद पद गुमेपछि सर्वोच्चमा रिट दायर गरेका थापाले जेठ २३ मा पुनर्बहाली पाएका थिए। थापालाई हटाइएपछि विपक्षी गठबन्धनलाई बहुमत सिद्ध गर्न थप सहज भएको छ।
थापालाई हटाइएपछि कूल सांसद संख्या ५९ भएको छ। बहुमतका लागि ३० सांसदले भए पुग्ने भएको छ। विपक्षी दलका ३० सांसदले बिहीबार मुख्यमन्त्री गुरुङका पक्षमा मतदान गरेका थिए। थापा कारबाहीमा परेपछि उक्त संख्याले गठबन्धनलाई बहुमत पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।