काठमाडौं– एमालेको एकताका लागि २०७५ जेठ २ नै प्रस्थान र मिलनबिन्दु भएका नेता विष्णु रिजालले बताएका छन्। रिजालले सामाजिक सञ्जालमार्फत पार्टी एकताका लागि पुरानै अवस्थामा फर्कनु आवश्यक रहेको बताएका हुन्।
रिजालले बाटो बिराइयो भने जहाँबाट यात्रा सुरु गरेको हो, त्यहीँ फर्किनुपर्छ भनेझैँ विना दाउपेच एमालेको एकताका लागि जेठ २ नै प्रस्थान र मिलनबिन्दु भएको बताएका हुन्।
कानुनी बाटोबाट राजनीतिक समस्याको समाधान खोजेर गन्तव्यमा नपुगिने चर्चा गर्दै नेता रिजालले नेकपा (एमाले) भित्रको समस्या राजनीतिक भएको र यसको निकास राजनीतिक रुपमै खोज्नुपर्ने बताएका छन् ।
निकास खोज्न जति ढिलो हुन्छ त्यति नै थप पराजय, बेइज्जत र भुक्तमान भोग्नुपर्ने भन्दै रिजालले सहमतिबाहेक अन्य विकल्प कहीँ नभएको बताएका छन्। अदालतले कानुन पढ्ने तर जनमत नपढ्ने भन्दै उनले वकिलले तर्क हेर्ने तर आफूहरुको भविष्य नहेर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।