काठमाडाैं- सरकारले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नेपाल सरकारको प्रवक्ता तोकेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी थापालाई तोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
थापाले बिहीबार साँझ मात्र पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेकी थिइन्। उनीहरुको शपथलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो।
सरकारका प्रवक्ताको जिम्मेवारी मुलतः मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने रहँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।