नेप्यीडो- म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मान्डले नजिकै सैनिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको छ।
राजधानी नेप्यीडोबाट बिहिबार पिइन ऊ एल्वीनतर्फ शहरको लागि उडेकाे थियाे। उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटना भएकाे हाे।
सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए।
उनले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिए। तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ।
सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ।
उक्त विमानमा सैनिक र भिक्षुहरू पनि सवार थिए। जुन बौद्ध विहारमा हुने समारोहमा सहभागी हुने जाँदै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।