काठमाडाैं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हानी पुर्याउने खालका गतिविधिमा समावेश भए यसका लागि बलियो र सार्थक परिणाम भोग्नुपर्ने समकक्षी जो वाइडेनले चेतावनी दिएका छन्।
राष्ट्रपति बनेपछि पहिलो पटक आफ्नो विदेश भ्रमणमा बेलायत पुगेका उनले रुसमाथि निशाना साँधेका छन्। वाइडेन जीसेभेन देशको शिखर सम्मेलनका लागि बुधबार बेलायत पुगेका छन्।
‘हामी रुससँग तनावको स्थिति चाहँदैनौं। हामी दुई देशबीच स्थिर र राम्रो सम्बन्ध चाहन्छौं। तर एउटा कुराको लागि म स्पष्ट छु। यदि रुसी सरकार कुनै प्रकारको हानी पुर्याउने गतिविधिमा समावेश हुन्छ भने अमेरिकाले निकै कडा र सार्थक तरिकाले यसको जवाफ दिनेछ,’ उनले भने।
आफ्नो भ्रमणको अन्तिम चरणमा वाइडेन जिनेभामा रुसी राष्ट्रपति पुटिनसँग पनि भेटघाट गर्नेछन्। डोनाल्ड ट्रम्प प्रशासनका बेला अमेरिकाको मित्र देशसँग तनावपूर्ण सम्बन्धपछि वनइडेनले अन्य देशसँग बलियो सम्बन्ध राख्ने आफ्नो उद्देश्य भएको बताएका छन्।
ह्वाइट हाउसले रुसी राष्ट्रपतिसँग भेटघाटमा वाइडेनले हतियारमा लगाम लगाउने, जलवायु परिवर्तन, युक्रेनमा रुसी सेनाको दखल, रुसी साइबर ह्याकिङ गतिविधि र रुसी विपक्षी नेता एलेक्सी नवेलनीलाई जेल पठाएको समेत ‘अन्य थुप्रै महत्वपूर्ण मुद्दा’ मा कुराकानी गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।