काठमाडाैं- इजरायली सेनाले कब्जा गरेको पश्चिमी किनारको जेनिन शहरमा दुई प्यालेस्टिनी अर्थोरेटि (पीए)का दुई अधिकारीसहित कम्तीमा तीनजनाको गोली हानी हत्या गरिएको छ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार मारिने दुई अधिकारी २३ वर्षीय आदम यासेर अलावी र ३२ वर्षीय तसीर इस्काको भएको जनाएको छ। यस्तै तेस्रो व्यक्ति जमिल अल-अमुरी थिए, जो इजरायली जेलमा थिए।
इजरायली मिडियाले उनी पूर्वकैदी र प्यालेस्टाइन इस्लामिक जिहादका सदस्य रहेको दाबी गरेको छ। तर, प्यालेस्टाइन अधिकारीहरूबाट यसको पुष्टि हुन सकेको छैन।
यता, अर्का २३ वर्षीय प्यालेस्टिनी अधिकारी मुहम्मद अल बाजौर गम्भीर घाइते भएका छन्। उनलाई इजरायली अस्पतालमा लगिएको बताइएको छ।
एसोसिएटेड प्रेस (एपी)ले सर्वजनिक गरेको भिडियोमा प्यालेस्टाइनी अधिकारीहरुले गाडीको पछाडि कभर लिइरहेको देखिएको छ। तर, पृष्ठभूमिमा गाेली चलेको सुनिन्छ।
इजरायलले कब्जा गरेको पूर्वीजेरूसलमबाट रिपोर्टिङ गर्दै आएका अलजजिराका ह्यारी फाउसेटले भने,‘घटना सार्वजनिक गाडीमा लुकेर गरिएको अन्डरकभर अपरेशन हो। उनीहरू (इजरायली सेना) ले प्यालेस्टिनी इस्लामिक जिहादका एक सदस्यलाई निशाना बनाइरहेका थिए। त्यस अपरेशनमा एक जना मान्छे मारिए र अर्को घाइते भयो र इजरायली सेनाले उनलाई लगे। मारिएको मान्छे पीआईजेको सदस्य भएको बुझिन्छ।’
उनका अनुसार जसलाई लगिएको थियो ती विस्सम अबू जैद नाम गरेका प्यालेस्टाइनी थिए। उक्त अपरेशनको क्रममा उनी पक्राउ परेका थिए।
अलावीको अन्त्येष्टिमा भाग लिन जेनिन शहरका हजारौं नागरिक सडकमा उत्रिएका थिए। प्यालेस्टाइन शहरहरुमा सामान्य हडतालको लागि पनि आह्वान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।