काठमाडौं- मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएर सरकार जोगाइदिने सुदूरपश्चिम प्रदेश सभाका नेकपा (एमाले)का १७ सांसदलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेको छ।
एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले प्रदेश सभामा संसदीय दलका नेता प्रकाशबहादुर सिंहसहित १७ प्रदेश सभा सदस्यलाई २४ घन्टे स्पष्टीकरण सोधेका हुन्।
सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार विश्वासको मत लिएका थिए। एमाले नेता माधवकुमार नेपाल पक्षका १७ प्रदेश सभा सदस्यले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिए, जसकारकारण माओवादी केन्द्रको नेतृत्वको प्रदेश सरकार जोगिएको थियो। प्रदेश सभामा कमजोर रहेको ओली पक्षले भने विपक्षमा मतदान गरेको थियो।
थापा र रावलले सोधेको स्पष्टीकरणमा पार्टी केन्द्रले जेठ ११ गते सरकारलाई दिएको समर्थ फिर्ता लिने निर्णय गरेको र प्रदेश कमिटी विश्वासको मत नदिने निर्णय गरिसकेको अवस्थामा किन पार्टी निर्णय विपरित गएको भन्दै प्रश्न गरिएको छ।
संसदीय दलका नेता प्रकाशबहादुर शाहीलाईलाई स्पष्टीकरणमा सोधिएको छ,'विश्वासको मतको पक्षमा संसदीय दललाई पार्टीको निर्देशन विपरित ह्वीप जारि गर्ने तथा पार्टीको निर्देशन पालना गर्ने संसदीय दलका सदस्यहरुलाई उल्टै स्पष्टीकरण लिने नसियत पत्र लेखि धम्काउने जस्ता गैर जिम्मेवारी पुर्ण पार्टी बिरोधि एव राजनितिक आचरण विपरितको क्रियाकलाप के कति कारणले गर्नु भयो?'
पार्टी केन्द्रको निर्देशनमा स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।