• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली क्याबिनेटमा ‘धनी’ प्रदेश २ : संघीय सरकारमा ८ जिल्लाबाट १३ जना मन्त्री

64x64
नेपाल लाइभ बिहीबार, जेठ २७, २०७८  १७:१०
1140x725

काठमाडौं– गएको जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसयता दुई पटक मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गरेका छन्। 

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा १९ औं पटक विस्तार गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। बिहीबार थपिएका मन्त्री समेतको संख्याका हिसाबले संघीय सरकारको मन्त्रिपरिषदमा सबैभन्दा बढी सदस्य प्रदेश २ का परेका छन्। 

२५ सदस्यीय मन्त्रिपरिषद्‌मा आधाभन्दा धेरै मन्त्री प्रदेश २ का छन्। प्रदेश २ का १२ मन्त्री र १ राज्यमन्त्री गरेर ओली क्याबिनेटमा १३ सदस्य अटाएका छन्।

प्रदेश २ सरकारको मन्त्रिपरिषद्को संख्याभन्दा पनि धेरै जना संघीय सरकारको मन्त्रिपरिषद्‌मा अटाउन सफल भएका छन्। प्रदेश २ सरकारको मन्त्रिपरिषद्‌ भने मुख्यमन्त्रीसहित ११ सदस्यीय छ। 

अझ रोचक के छ भने प्रदेश २ का ८ जिल्लाका सबै जिल्लाले मन्त्री पाएका छन्। ७ वटा प्रदेशमध्ये संघीय सरकारमा सबैभन्दा धेरै मन्त्री पाएर प्रदेश २ 'धनी प्रदेश'का रुपमा कहलिएको छ। 

संघीय सरकारको मन्त्रिपरिषद्‌मा प्रतिनिधित्वको हिसावले कर्णाली र सुदूरपश्चिम प्रदेश सबैभन्दा पछाडि परेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका १–१ जना मात्रै ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा अटाएका छन्। 

ओली क्याबिनेटमा प्रदेश २ बाट जनता समाजवादी पार्टी (जसपा)का ८ मन्त्री र एक राज्यमन्त्री छन्। जसपाको कोटामा सरकारमा सहभागी हुन सफल महिला, बालवालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ भने काठमाडौंबाट प्रतिनिधित्व गर्दै आएकी छिन्। 

जसपाबाटै राजकिशोर यादवले बिहीबार साँझ ५ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिएसँगै जसपाको कोटामा प्रदेश २ बाट ९ मन्त्री र १ राज्यमन्त्री भएका छन्। 

Ncell 2
Ncell 2

यस्तै, एमालेबाट उपप्रधान तथा परराष्ट्र मन्त्री रघुवीर महासेठ (धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित) तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ (सिराह-३ बाट निर्वाचित) ले पनि मन्त्रिपरिषद्मा प्रदेश २ को प्रतिनिधित्व गरिरहेका छन्। 

यस्तै, माओवादी केन्द्र परित्याग गरी प्रधानमन्त्री ओलीलाई साथ दिँदै एमाले प्रवेश गरेकी ज्वालाकुमारी साह (बारा) कृषि मन्त्री बनेकी छन्। प्रदेश २ बाट संघीय सरकारमा जसपा, एमाले र पूर्वमाओवादीका समेत गरी १२ मन्त्री र एक राज्यमन्त्री भएका छन्। 

कुन मन्त्री कुन जिल्लाबाट प्रतिनिधित्व गर्छन्? 
प्रदेश २ का ८ जिल्लामध्ये धनुषाबाट ३, पर्सा, बारा र सिराहबाट २/२ र महत्तोरी, सर्लाही, रौतहट र सप्तरीबाट १/१ जना मन्त्री भएका छन्।

उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्छन्। उनी जसपाका वरिष्ठ नेतासमेत हुन्। 

जसपाकै कोटामा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका सरत्‌सिंह भण्डारी महत्तोरी-२ बाट निर्वाचित भएका थिए। भण्डारी नेपाली राजनीतिमा सबैभन्दा बढी मन्त्री हुने नेतामा समेत पर्छन्। उनी हालसम्म १५ औं पटक मन्त्री भएका छन्। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेका जसपा नेता लक्ष्मणलाल कर्ण पर्सा–४ बाट प्रतिनिधित्व गर्छन्। खानेपानी मन्त्री अनिल झा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। 

पर्यटनमन्त्री उमाशंकर अरगरिया धनुषा क्षेत्र नम्बर क्षेत्र २ बाट प्रतिनिधित्व गर्छन्। खेलकुद मन्त्री एकबाल मियाँ बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्छन् भने महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी सर्लाही जिल्लाबाट प्रतिनिधित्व गर्छिन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव पर्सा-२ बाट प्रतिनिधित्व गर्दै आएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका राजकिशोर यादव सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्छन्। 

यस्तै, जसपाको कोटामा मन्त्रिपरिषदमा सहभागी भएका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्छन्।

एमालेबाट परराष्ट्र मन्त्री बनेका रघुवीर महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित र  कानुन मन्त्री लिलानाथ श्रेष्ठ सिराह ३ बाट निर्वाचित हुन्। 

पूर्वमाओवादी समुहबाट मन्त्री बन्न सफल ज्वालाकुमारी साह बाराबाट प्रतिनिधित्व गर्छिन्। २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी बारा क्षेत्र नम्बर ३ को (क)बाट प्रदेश सभामा निर्वाचित भएकी थिइन्। तत्कालीन नेकपा विभाजित भइ एमाले र माओवादी केन्द्र ब्यूँतिदा एमाले प्रवेश गरेकी उनलाई माओवादीले सांसदबाट हटाएको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री खनालबीच बिहान भेटवार्ता भएको हो । करिब एक घण्टा भेटवार्ता भएको जनाइएको छ । शनिबार, पुस १२, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो । शनिबार, पुस १२, २०८२
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दल समूहलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ। शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु शनिबार, पुस १२, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्