रंगुन- म्यानमारको सैन्य प्रशासनले बर्खास्त गरेको नेत्री नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेत्री आङ सान सू चीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
सू चीविरुद्ध घुसको रूपमा नगद र सुन लिएको आरोपमा मुद्दा दायर गरिएको हो। जसमा दोषी पाइए उनलाई उनीलाई १५ वर्ष जेल सजाय हुनसक्ने जनाइएको छ।
सैनिक परिषद्ले बिहीबार जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सू चीले ६ मिलियन डलर घुस र सात सुनका टुक्रा लिएका थिए।’
यसबाहेक उनीविरूद्ध ६ वटा मुद्दा दायर गरिएको छ। वाकिटकी राखेको, भ्रष्ट्राचार गरेको, सरकारी जमिनको दुरुपयोग गरेको र कोरोना प्रोटोकल उल्लघंन गरेको लगायत आधादर्जन भन्दा बढी आरोपसहित उनीविरुद्ध मुद्दा चलाइएको छ। तर, उनका विकिलहरुले यो आरोप निराधार भएको दावी गर्दै आएका छन्।
म्यानमारमा गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी०ले धाधँली गरेको आरोप लगाउँदै उनीसहित दलका प्रमुख नेताहरुलाई सेनाले बन्धक बनाएको छ। त्यसबेलादेखि उनी घर नजरबन्दमा छन् र अदालतमा कमै देखिन्छ।
एनएलडी सरकारमा हुँदा जमिन खरिद गर्न धेरै पैसा खर्च गरेको आरोप लगाइएको छ। सू चीको साथसाथै थुप्रै पूर्व अधिकारीहरूविरुद्ध भ्रष्टाचार र घुस लिइएको आरोपमा मुद्दा दर्ता गरिएको छ।
यसअघि, सू चीविरुद्ध उपनिवेश कानुन उल्लघंन गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो। जुन प्रमाणीत भए १४ बर्ष जेल सजाय भोग्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।