काठमाडौं– गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार जारी प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको हो।
बैठकमा मुख्यमन्त्री गुरुङले एमाले बाहेको अन्य दलको सरकार नबन्ने भएकाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। तर, विपक्षी दलका तर्फबाट संसदमा बोलेका सचेतकहरुले भने मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिन नसकिने बताए।
यससँगै गुरुले संसदबाट विश्वासको मत पाउने सम्भावना टरेको देखिएको छ। गुरुङलाई एमालेको मात्रै मत आउने देखिएको छ। प्रदेश सभामा एमालेका २७ सांसद छन्। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) संसदमा उपस्थित छैनन्।
प्रदेश सभामा कांग्रेसका १५ ,माओवादीका ११, जनमोर्चाका (कृष्ण थापा) सहित ३ र जसपाका २ सांसद प्रदेश सभामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।