काठमाडौं–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाउने भएका छन्।
मुख्यमन्त्रीको विश्वासको मत प्रयोजनका लागि बिहीबार जारी प्रदेश सभा बैठकमा विपक्षी दलहरुले मुख्यमन्त्री गुरुङलाई साथ नदिने बताएसँगै उनले विश्वासको मत नपाउने देखिएको हो।
नेपाली कांग्रेससहितका दलका सचेतकहरुले विश्वासको मत नदिने बताएका हुन्। कांग्रेसका सचेतक कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरीबहादु चुमान, जनमोर्चाकी पियारी थापा र जनता समाजवादीका हरिशरण आचार्यले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा मतदान गर्न नसक्ने प्रष्ट पारेसँगै उनले विश्वास नपाउने भएका छन्।
गुरुङलाई एमालेको मात्रै मत आउने देखिएको छ। प्रदेश सभामा एमालेका २७ सांसद छन्। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) संसदमा उपस्थित छैनन्।
गण्डकी प्रदेश सभामा मतदान प्रक्रिया सुरु हुन लागेको छ। संसदमा बोल्ने क्रममा आएका विचार अनुसार मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था करिब सकिएको छ।
प्रदेश सभामा कांग्रेसका १५ ,माओवादीका ११, जनमोर्चाका (कृष्ण थापा) सहित ३ र जसपाका २ सांसद प्रदेश सभामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।