काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेता गणेश पहाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने भएका छन्।
पहाडी तिनै सांसद हुन् जो जेठ ५ मै बालुवाटार पुग्न लालयित थिए। प्रधामन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा बालुवाटार जान बाटोमा पुगेर फर्किएका मध्य एक पहाडी हुन्।
नेपाल पक्षले कार्यकर्ता भेला बोलाएको स्थलबाट उनीलगायत केही नेता संसदीय दलको बैठकमा भाग लिन हिँडेका थिए। पछि भीम रावलले बाटोबाटै फर्किन बाध्य बनाएका थिए।
ओलीले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भए छन्। नेपाल पक्षमा पनि पहाडी योगेश भट्टराई निकट नेता हुन्। सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउँदा उनी 'गृह जिल्ला' थिए।
हस्ताक्षरका लागि आनाकानी गरेका उनी अन्तत: ओली पक्षमै खुलेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।