• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

के हो वैशाख १३ गते मध्यरात बाबुरामको जीवनमा घटेको घटना?

64x64
वीरेन्द्र ओली बिहीबार, जेठ २७, २०७८  १३:५९
1140x725

काठमाडौं- ‘वैशाख १३ गते करिब मध्यरातमा मेरो जीवनमा एउटा यस्तो घटना घटेको छ। त्यो आज म उद्घाटित गर्दिनँ। तपाईंलाई संकेत मात्रै गर्छु। कुनै दिन नेपाली जनतालाई मैले बुझाउनु पर्छ। किनकि म यो देशको सार्वभौमसत्ता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहने छु भनेर शपथ लिएको पूर्वप्रधानमन्त्री हुँ। त्यसैले मसँग भएका जुन ‘इम्फरमेसन’हरु छन्, त्यसलाई मैले नेपाली जनतासमक्ष कुनै दिन बताउनुपर्छ।‘

केही दिनअघि हिमालय टेलिभिजनबाट प्रशारित हुने कार्यक्रम ‘यक्ष प्रश्न’मा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भनेका कुरा हुन्, यी। उनले घटनाको सन्दर्भलाई विस्तृतमा बताएका छैनन्। तर, केही संकेत भने गरेका छन्।

उनले आफ्नो जीवनमा यस्ता अप्रत्यासित कुरा आएपछि देशलाई बचाउनुपर्छ भन्ने विशुद्ध र पवित्र आत्मा लिएर देशको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिकहाँ गएको बताएका छन्। वैशाख १३ गते घटना घटेको भए पनि प्रधानमन्त्रीलाई कहिले भेटेको हो, उनले स्पष्ट पारेका छैनन्। उनी वैशाख १६ गते भने न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रियाको लागि वीर अस्पताल भर्ना भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १९ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेकी थिइन्।

अन्तर्वार्तामा भट्टराईले ‘देशलाई बचाउनुपर्छ’, ‘केही गम्भीर कदम चाल्नुपर्छ’, ‘राष्ट्रिय सहमतिको सरकार’, ‘केपी ओली जस्ता खलपात्रलाई बिदा गरेर देशको राष्ट्रिय स्वाधिनता बचाउने, लोकतन्त्र र संविधानको रक्षा गर्नको निम्ति’, ‘हामीले यो उपलब्धिको रक्षा गर्नुपर्छ, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ’ जस्ता शब्द र वाक्य प्रयोग गरेका छन्। ‘देशमा भएको यो व्यवस्था उल्ट्याउनका निम्ति भित्री र बाहिरी तत्वहरुको ठूलो ‘ग्रान्डडिजाइन’ अन्तर्गत, ठूलो षडयन्त्र अन्तर्गत यो कदम चालिँदैछ। पुस ५ गतेदेखि जेठ ७ गते मध्यरातसम्म जुन परिघटनाहरु भए यो ठूलो नाटकको परिदृश्यहरु हुन्। नेपालका सबै राज्यका अंगहरु छन्, यहाँका अदालत, प्रशासन, सुरक्षा अंग, आर्थिक अंगहरुलाई भताभुंग पार्ने र देशलाई बर्बादीतिर लिएर जाने जुन डिजाइन अन्तर्गत यो खेल भइरहेको छ’, उनको भनाइ छ।

के भयो १३ गते मध्यरातमा?
अन्तर्वार्तामा भट्टराईले आफूलाई प्राप्त सूचना प्रधानमन्त्री केपी शर्मा ओली लगायत आफ्नो पार्टीका जिम्मेवार नेताहरु र अरु पार्टीका पनि जिम्मेवार नेताहरुलाई भनेको बताएका छन्। नेपाल लाइभले प्रधानमन्त्री ओलीबाहेक भट्टराईले सूचना सम्प्रेषण गरेका केही सम्भावित नेताहरुसँग सम्पर्क गरेको थियो। तीमध्ये भट्टराईको ‘ब्रिफिङ’ सुनेका कतिपयले सांकेतिक रुपमा र कतिपयले अलि प्रष्टसँग यो विषय खुलाए।

वैशाख १३ गते भट्टराईलाई केही भारतीय उच्च व्यक्तिहरुले भेटेको उनीहरुको दाबी छ। कतिपयको भनाइ अनुसार ती व्यक्तिमध्ये केही राजनीतिक पृष्ठभूमिका थिए। तर, धेरैजसोको दाबीमा ती भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का व्यक्ति थिए। पुस ५ वरिपरिदेखि काठमाडौंमा रअ र आरएसएसका मान्छेहरुको सक्रियता बढेको सुरक्षा निकायहरुको सूचना र विश्लेषण रहेकाले ती व्यक्ति रअकै हुनसक्ने आकलन उनीहरुको छ। उनीहरुले भट्टराईसँग धम्कीपूर्ण भाषामा कुरा गरेको बताइएको छ। ‘ती व्यक्तिले मुख्यतः संविधानले संस्थागत गरेका कतिपय विषयहरुलाई विस्थापित गर्न थालिएकोले सके सहयोग गर्न, नसके मौन बस्न तर, अवरोध नगर्न धम्कीपूर्ण चेतावनी दिएका थिए’, यो घटनाबारे जानकार एक नेताले बताए।

वैशाख १३ गते राति ती व्यक्तिले निश्चित योजना अन्तर्गत घटनाक्रमहरु विकसित भइरहेको पनि भट्टराईलाई बताएका थिए। उनले अघिल्लो वर्ष वैशाखमा ल्याइएको अध्यादेश, पुस ५ को कदम, नेकपाभित्रको विग्रह र अदालतबाट फागुन २३ गते भएको फैसला समेतलाई संकेत गर्दै फेरि संसद् विघटन गरिने बताएका थिए। ‘अब फेरि संसद् विघटन हुन्छ। र, अदालतबाट पनि सदर हुन्छ। चुनाव गराउने-गराउने भन्ने हो। तर, त्यो चुनाव हुँदैन। कोरोनाले रोक्न सम्भव भयो भने त्यही कारणले रोकिन्छ। नभए, अरु केही कारण सिर्जना गरिन्छ। र, आउने फागुनसम्ममा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका कुराहरु फालिने स्पष्ट भइसक्छ‘, उनको भनाइ थियो।

ती व्यक्तिको बढी जोड भने संघीयता र गणतन्त्र फाल्ने तथा ‘सेरेमोनियल मोनार्की’ र हिन्दूराष्ट्र कायम हुने कुरामा रहेको बताइएको छ। यही योजना अन्तर्गत ओली, राप्रपा, जसपाको एक पक्षको गठबन्धन बनाइने उनले बताएका थिए। गठबन्धनको अझ विस्तारित रुप सुनाउँदै उनले भनेका थिए- ‘सिके राउतदेखि विप्लवसम्म त्यसै मूलधारमा आएका होइनन्।‘

Ncell 2
Ncell 2
nimb
nimb

भट्टराईले प्रधानमन्त्री ओलीलाई तिनै ‘विषय’ ब्रिफिङ गरेको बताइएको छ। यसबीचमा एकरात भट्टराई प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको चर्चा चलेको थियो। मध्यरातमा सत्ताको सौदाबाजी गर्न भट्टराई बालुवाटार पुगेको भन्ने निकै चर्चा भएपछि भट्टराई स्वयंले आफू बालुवाटार गएको स्वीकारेका तर, सत्ताको विषयमा कुरा गर्न भने नगएको प्रष्ट पारेका थिए। 

तर, ओलीले भने त्यो (मूलतः भारतीयहरुको) योजना अनुसार काम नगरेको दाबी गरेका थिए। ‘तपाईंले भने जस्तो मलाई भारतीयले चलाएको छैन। बरु मैले उनीहरूलाई चलाउने हो। तपाईंहरुलाई भारतले ओलीलाई चलाइरहेको छ भन्ने लागेको होला, त्यस्तो होइन’, ओलीको भनाइ थियो।

ओलीले संसद् विघटन गरे पनि चुनाव हुने बताएका थिए। ‘त्यस्तो ‘पोलिटिकल भ्याकुम’ हुँदैन। सबै पहिलेकै स्थितिमा रहन्छ। राष्ट्रिय सहमतिको सरकार बनाउने भए पनि मेरै नेतृत्वमा बनाऔँ न त। तपाईंहरु पनि सरकारमा आउनुस्‘, उनको भनाइ थियो। ओलीले एमालेकै दोस्रो तहका नेताको नेतृत्वमा समेत राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भट्टराईसँगको त्यो भेटमा बताएका थिए।

बाबुरामको श्रृंखलाबद्ध संकेत
आफ्नो सूचना प्रधानमन्त्रीलाई दिएपछि भने उल्टो प्रचार गरेको उनको भनाइ छ। भट्टराई बालुवाटारमा गएको प्रसंग ओलीनिकट नेता महेश बस्नेतले एक कार्यक्रममार्फत् सार्वजनिक गरेका थिए। तर, बस्नेतको भनाइ भने अर्कै थियो। ‘बाबुरामजी केपी ओलीलाई भेट्न राति १ बजे बालुवाटार जानुभयो। अहिले परिस्थिति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यक छ। राष्ट्रिय सहमतिको सरकारको नेतृत्व मैले लिनुपर्छ। म आफैं ६८ वर्षको भएँ। अब ७० वर्षसम्म राजनीति गर्ने चाहना हो। तपाईंले मेरो लागि पहल गरिदिनुस्। तपाईंबाहेक अरु कसैले गर्न सक्दैन। प्रचण्ड र शेरबहादुर देउवाको नाडी छामिसक्यौँ‘, उनले जेठ २ गते भनेका थिए।

Xtrem

Xtrem

बस्नेतको भनाइ सार्वजनिक भएपछि भट्टराईले ट्विटरमार्फत् प्रतिवाद गरेका थिए। ‘प्रमले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्तिउन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली होइन, प्रधानमन्त्री ओलीलाई भेटेकै हो। मैले वर्तमान/पूर्वप्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ। सोचौँ’, उनको भनाइ थियो।

वैशाख अन्त्यपछि भट्टराईले ओलीलाई हटाइहाल्नुपर्ने कुरामा जोड दिन थालेका छन्। उनको ट्विटर ‘टाइमलाइन’लाई फर्केर हेर्दा ‘वैशाख १३ गतेको घटना’ र ‘ओलीको प्रतिक्रिया’लाई संकेत पनि गरिरहेको आकलन गर्न सकिन्छ। वैशाख २७ गते गरेको ट्विटमा उनले ओलीलाई ‘आजै विदाइ गर्नुपर्ने प्रमुख ४ कारण’ उल्लेख गरेका छन्। त्यसदिन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदै थिए। जसमा दोस्रो र तेस्रो कारणमा भनिएको छ- ‘संविधान विपरीत संसद् विघटन गरेर र दुई तिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको। संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको।’

त्यस्तै जेठ ४ गते उनले लेखेका छन्- ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्! सबै पार्टी/नेता निरीह! सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?’ जेठ ६ मा उनले लेखेका छन्- ‘देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौँ। सबैले दलीय /निजी स्वार्थ त्यागेर जो जेमा सहमति हुन्छ धारा ७६(५) बाटै निकास दिऔँ!’

‘संसद्, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो! जे गरेर रक्षा हुन्छ त्यही गरौं। सबैले आवश्यक त्याग/बलिदान गरौँ। लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ! आजै गरौं, अहिल्यै गरौं! बीपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ’, जेठ ७ गते उनले लेखेका छन्।

जेठ ८ गते उनले लेखेका छन्- ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत सुरु भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधि चुनाव होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो। एकजुट होऔँ; प्रतिवाद गरौँ!’

सोही दिन उनले जेठ ८ को ‘प्रतिक्रान्तिकारी हर्कत’ पुस ५ को भन्दा गम्भीर रहेको लेखेका छन्। त्यसको तीन कारण समेत उल्लेख गरेका छन्। जहाँ दोस्रो र तेस्रो कारणमा भनिएको छ- यो संसद् विघटन मात्र होइन, संविधान विघटन गर्ने गुरूयोजना अन्तर्गत छ। यसभित्र राष्ट्रघात छ, प्यादाहरू छन्!’

जेठ २४ गते उनले गोरखा पुगेर समेत यस्तै आशयको भाषण गरेका थिए। उनले पटक–पटक संविधान मिचेर संसद् विघटन गर्ने प्रावधान कुल्चने काम भइरहेको र यसमा अदृश्य शक्तिसँग अस्वाभाविक किसिमको साँठगाँठ रहेको बताएका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपतिजस्तो संस्थाको दुरुपयोग गरेर अदृश्य ढंगले वैदेशिक शक्तिसँग साँठगाँठ गरेर गणतन्त्र र संविधानलाई ध्वस्त पार्ने र नेपाललाई डरलाग्दो अध्याँरो सुरुङभित्र धकेल्ने गुरुयोजना अनुसार काम भइरहेको बताए।

भट्टराईले जेठ १५ गते भारतीय पत्रिका ‘द हिन्दु’ मा एक संयुक्त लेख लेख्दै भारतले नेपालको संविधानलाई मार्गच्युत गर्दै देशलाई अन्त्यहीन संकटमा धकेल्न भारतले ओलीलाई सहयोग गरिरहेको बताएका थिए। ‘विशेषगरी नयाँदिल्लीको संस्थापनले नेपाललाई हिन्दु राज्यतर्फ तथा संघीयता समेत खारेज गर्ने दिशातर्फ मोडिरहेको छ’, लेखमा भनिएको छ।

लेखमा ओलीसँग सहकार्यका लागि जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई लोभ्याइएको वा बाध्य पारिएको बताइएको छ। यो पक्ष जेठ २१ गते सरकारमा सहभागी भइसकेका छन्।

भट्टराईले प्रष्ट र सांकेतिक रुपमा राखिरहेको यो विषयमा अन्यले पनि आशंका गर्ने गरेका छन्। केही दिनअघि एमालेकै उपमहासचिव घनश्याम भुसालले पनि आफूलाई २०७७ वैशाखमा कोही नेताले भनेको भन्दै लेखेका थिए- ‘नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहरुलाई विभाजित गरिनेछ। संसद् विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर, निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ। संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ।  त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलाई धकेलिने छ।’

०००

‘यक्ष प्रश्न’मा भट्टराईको अन्तर्वार्ताका केही अंश-
तपाईंले बालुवाटारमै गएर सर्वदलीय सरकार बनाऔँ र समस्याको समाधान दिएर जाऔँ, आखिरमा पीडित हुने त जनता हो। मैले त्यसरी कुरा राखेको थिएँ भनेर तपाईं भन्नुहुन्छ। उहाँ (प्रधानमन्त्री) र उहाँका मान्छेहरु तपाईं या तपाईंको अर्को अध्यक्ष उपेन्द्र यादवचाहिँ प्रधानमन्त्री या मन्त्री या उपप्रधानमन्त्री माग्नका लागि तपाईंहरु मध्यरातमा बालुवाटार यात्रा गर्नुहुन्छ भन्ने प्रकारको। यस्तो किन हुन्छ?
यस्ता घटिया मान्छे र घटिया सोचतिर नजाऔँ। तथ्य तथ्य नै हुन्छ। वैशाख १३ गते करिब करिब मध्यरातमा मेरो जीवनमा एउटा यस्तो घटना घटेको छ। त्यो आज म उद्घाटित गर्दिनँ। तपाईंलाई संकेत मात्रै गर्छु। कुनै दिन नेपाली जनतालाई मैले बुझाउनु पर्छ। किनकि म यो देशको सार्वभौमसत्ता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहने छु भनेर शपथ लिएको पूर्वप्रधानमन्त्री हुँ। त्यसैले मसँग भएका जुन ‘इम्फरमेसन’हरु छन्, त्यसलाई मैले नेपाली जनतासमक्ष कुनै दिन बताउनुपर्छ। तर, म त्यो नागरिक पनि भएको नाताले मैले यो देशका प्रधानमन्त्री केपी शर्मा ओली, जो एकदम प्रतिगमनकारी छन्, उनको र मेरो कित्ता ठीक ‘अपोजिट’ छ, तैपनि देशको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर म विशुद्ध, मेरो पवित्र आत्मा लिएर उनीकहाँ गएकै हो।
मैले अस्ति बाहिर भनी पनि सकेको छु। उनले बोलाएर गएको होइन, आफैं यो देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ। तपाईंले मार्ग प्रशस्त गर्नुस्। राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔँ। हामी पूर्वप्रधानमन्त्रीहरु आकांक्षी बन्नुहुँदैन। बरु सबैलाई मान्य हुने कोही  नयाँ पात्र खोजेर देशलाई निकास दिऔं। यो भन्न म गएकै हो। मलाई लाग्छ अहिले पनि त्यो हुन सकेको भए देशलाई एकताबद्ध गरेर लान सकिन्थ्यो। तर, केपी ओली आफैं भित्री रुपमा पनि यो परिवर्तनका विरोधी थिए। र, बाह्य रुपमा पनि उनी कसैको सेवामा लागेका, पालिएकै मान्छे हुन्। त्यो कारणले गर्दा मैले दिएको सदासयतापूर्ण विचारलाई उल्टो रुपमा प्रचार गरे। ‘मुर्खमा मनमा अर्ती गालीतुल्य बिझाउँछ, दूधपान गरि सर्प विष मात्र बढाउँछ’ भन्ने लेखनाथ पौडेलको कविता जस्तो भएको हो। योचाहिँ इतिहासमा पुष्टि हुन्छ। कुनै दिन मैले यसको यथार्थ बाहिर ल्याउँछु। अहिले बेला भएको छैन।
तपाईंले त्यो वैशाख १३ को विषयमा केही न केही यस्तो सूचना मसँग छ। आवश्यक परेका दिनमा या मौका आएपछाडि म खुलाउँछु भन्दै गर्दा, मुलुकको सार्वभौमसत्ता, संविधान, परिवर्तन या स्वतन्त्रतासँग जोडिएर कुनै त्यस्तो गम्भीर संकट या घातको तपाईंले सूचना पाउनुभएको थियो?
हो, त्यस्तो घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सुसूचित गरेकै हो। तर, मैले त्यत्रो गम्भीर विषय उठाउँदाखेरि उनले जुन विषयान्तर गरे, यसले पनि म बडो, यो देशको कस्तो दुर्भाग्य रहेछ, यस्ता खलपात्रलाई कसरीचाहिँ देशले बोकेको रहेछ, भनेर म अत्यन्तै चिन्तित र पीडित छु। म अझै पनि आग्रह गर्न चाहन्छु, केपी ओली त अहिले सुध्रिने जस्तो देखिँदैन। त्यसैले अहिले हाम्रो प्रयत्न के छ भने केपी ओली जस्ता खलपात्रलाई बिदा गरेर देशको राष्ट्रिय स्वाधिनता बचाउने, लोकतन्त्र र संविधानको रक्षा गर्नको निम्ति अहिले हामी बाँकी सबै कांग्रेस, एमालेभित्रका माधव नेपालले नेतृत्व गरेको पक्ष, प्रचण्डले नेतृत्व गरेको माओवादी, हाम्रो जनता समाजवादी पार्टी र मोहनविक्रमको राष्ट्रिय जनमोर्चा भएर जुन हामीले वैकल्पिक र लोकतान्त्रिक प्रतिगमनविरोधी मोर्चा हामीले गठन गरेका छौँ। यसको बलमा नै हामीले यो उपलब्धिको रक्षा गर्नुपर्छ। राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ। बाँकी कुराचाहिँ हामी पछि हल गर्दै जान्छौँ।
तपाईं जत्तिको जिम्मेवार नागरिकले मुलुक संकटमा पर्दैछ भन्ने सूचना प्राप्त गरेपछि ‘म बेला आएपछि खुलाउँछु’ भन्दै गर्दा नेपाली समाजमा प्रचलित उखान ‘माझीले मतो गर्दा सात गाउँ डुब्यो’ भनेजस्तो भयो भने तपाईं पनि त…
मैले जिम्मेवार ठाउँमा भनेको छु। हाम्रो पार्टीका जिम्मेवार नेताहरु र अरु पार्टीका पनि जिम्मेवार नेताहरुलाई मैले यो कुरा राखेको छु। देशको कार्यकारी प्रमुख त प्रधानमन्त्री हो। त्यसलाई भन्नु पो ठूलो कुरा हो। त्यो हिसाब गर्नुस्। इतिहासले त्यसको मूल्यांकन पक्कै गर्छ।
मुलुक बचाउने त जागरुक नेपाली नागरिकले हो। जनताले मेरो देशमाथि यस्तो संकट आएको छ भनेर थाहा नपाउने?
सञ्चार माध्यमबाट मैले यति राख्नु पर्याप्त भएन?
मैले त बुझिनँ, दर्शकले कसरी बुझ्नुहोला?
यो प्रष्टै छ नि। देशमा भएको यो व्यवस्था उल्टाउनका निम्ति भित्री र बाहिरी तत्वहरुको ठूलो ‘ग्रान्डडिजाइन’ अन्तर्गत, ठूलो षडयन्त्र अन्तर्गत यो कदम चालिँदैछ। पुस ५ गतेदेखि जेठ ७ गते मध्यरातसम्म जुन परिघटनाहरु भए यो ठूलो नाटकको परिदृश्यहरु हुन्। नेपालका सबै राज्यका अंगहरु छन्, यहाँका अदालत, प्रशासन, सुरक्षा अंग, आर्थिक अंगहरुलाई भताभुंग पार्ने र देशलाई बर्बादीतिर लिएर जाने जुन डिजाइन अन्तर्गत यो खेल भइरहेको छ।
त्यसो भएको हुनाले यतिबेला, युद्धका कतिपय नियमहरु हुन्छन्, गोपनीयताहरु खोलिँदैनन्, म आफैं दश वर्ष जनयुद्ध लडेर आएको मान्छे, त्यसैले हामीले बृहत् नीतिगत कुरा गर्नुपर्छ। जनतालाई बुझाउनुपर्छ। तर ‘ट्याक्टिकल’ कुराहरु हुन्छन्, युद्धमोर्चामा प्रयोग गर्ने जुन विधिहरु हुन्छन्, लडाइँमा। त्योचाहिँ खोल्नुहुँदैन। खोलियो भने लडाइँ हारिहालिन्छ नि! त्यसो भएको हुनाले हामी त्यो लडाइँमा छौँ। मेरो के आग्रह छ भने, नेपाली जनता राष्ट्रिय स्वाधिनताको निम्ति, सार्वभौमसत्ताका निम्ति एक भएर उभिन्छ। र, हामीले लडेर ल्याएको लोकतान्त्रिक संविधान र जुन प्रणाली छ, त्यसको रक्षामा उभिन्छ। र, त्यसपछि हामीले यस्ता खालका खलपात्रहरुलाई ठेगान लगाउँछौँ भन्ने मेरो सबैसँग विनम्र आग्रह छ।

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्