अमेरिका– अमेरिकाले आगामी दुई वर्षभित्रका कोरोनाविरुद्धको ५० करोड खोप विश्वका विभिन्न देशलाई उपलव्ध गराउने भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आगामी दुई वर्षमा फाइजरको कोभिड–१९ भ्याक्सिनको ५० करोड डोज विश्वका १ सय देशलाई उपलव्ध गराउने भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।
यसमध्ये २० करोड डोज तत्काल बाँडिने छ भने बाँकी २०२२ मा बाँडिने अमेरिकी मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। अमेरिकामाथि गरीब देशमा भ्याक्सिनको दर बढाउन दबाब छ।
बाइडेन प्रशासनले यो कदम त्यतिबेला उठाइरहेको छ जतिबेला अमेरिकी राष्ट्रपतिको पहिलो विदेश भ्रमण शुरु हुन लागेको छ। उनले भ्रमणको शुरुवात उनले बेलायतबाट गरेका छन्।
तर, अहिलेसम्म ह्वाइट हाउले विश्वभरमा ५० करोड भ्याक्सिन वितरण गर्ने आफ्नो योजनामाथि आधिकारिक रुपमा केही बताएको छैन।
एयरफोर्स वानमा सवार हुनेभन्दा पहिला जब बाइडेनसँग विश्वका लागि खोपका लागि कस्तो रणनीति छ भनि सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘मसँग एक छ र चाँडै यसको घोषणा गर्नेछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।