भारत– भारतमा रातिको समयमा एक घर भत्किदा ११ जनाको मृत्यु भएको छ।
मुम्बइको मलाड पश्चिमको घनाबस्ती भएको क्षेत्रमा बुधबार राति ११ बजे एक घर भत्किएको थियो। घर भत्कदा ११ जनाको मृत्यु भएको छ भने कम्तिमा पनि सात जना घाइते छन्।
बृहनमुम्बइ कर्पोरेशनलका अनुसार घर भत्किएपछि आसपासको तीन घरलाई पनि खालि गराइएको थियो। चार तले उक्त भवन अर्को घरमाथि खसेको भारतीय अनलाई आजतकले जनाएको छ।
मुम्बइमा बुधबारबाट शुरु भएको भारी वर्षका कारण घर भत्किएको जनाइएको छ। घरको अवस्था राम्रो नभएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।