काठमाडौं– नेपाली कांग्रेसले प्रदेश २ को सरकारमा सहभागी हुने ३ जना मन्त्रीको नाम टुंगो लगाएको छ।
नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो। यादवले भौतिक पूर्वाधार तथा यातायातको जिम्मेवारी पाएका छन्।
कांग्रेसलाई ३ वटा मन्त्रालय दिइएको छ। पर्साबाट निर्वाचित ओमप्रकाश शर्मालाई ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सर्लाहीबाट कांग्रेस प्रदेश सभा बनेका वीरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सरकारमा सहभागी हुने मन्त्रीको शपथ आजै (बुधबार) साँझ ७:३० बजे हुने जनाइएको छ। प्रदेश प्रमुख राजेश झाले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।