काठमाडाैं- अफगानिस्तानको सबैभन्दा ठूलो बम डिस्पोजल गर्ने संस्था हलो ट्रस्टका सदस्यमाथि तालिबानले आक्रमण गरेका छन्।
प्रहरीले बुधबार दिएको जानकारीअनुसार उत्तरी क्षेत्रमा बाघलान प्रान्तकाे आफ्नो शिविरमा बसिरहेको टोलीमाथि तालिबानले आक्रमण गरेको हो। घटनामा १० जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएकाे प्रान्तीय प्रहरी प्रवक्ता जावेद बसरातले जानकारी दिए।
तालिबान लडाकूले उनीहरु सबैलाई एउटै कोठामा लगेर गोली हानेका हुन्।
अफगानिस्तानका ३४ मध्ये २६ प्रान्तमा तालिबानले सरकारसँग युद्ध गरिरहेको छ। अमेरिकाले आगामी सेप्टेम्बर ११ बाट आफ्ना सबै सैनिक फिर्ता गर्ने निर्णय गरेसँगै पछिल्लाे दिनहरुमा हिंसाका घटना बढेका छन्।
मंगलबारको आक्रमणको जिम्मा तालिबानले लिएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।