काठमाडौं– राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सदस्य रहेका कृष्ण थापालाई गरिएको कारबाही नगर्न भनेर सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध पुनरावलोकनको निवेदन (भ्याकेट) दर्ता भएको छ।
सांसद थापाको पद थमौती गर्ने सर्वोच्चको आदेशविरुद्ध गण्डकी प्रदेश सभाका सभामुख नेत्रप्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय र गण्डकी प्रदेश सभा सचिवालयले बुधबार सर्वोच्च अदालतमा भ्याकेट दार्ता गराएका हुन्।
पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई दलबाट निकालेर प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो । जनमोर्चा संसदीय दलको सिफारिसानुसार प्रदेशसभा सचिवालयले थापालाई सांसदबाट हटाइएको सूचना निकालेको थियो।
आफूलाई सांसदबाट हटाउने निर्णयविरुद्ध थापाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। थापाको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।