काठमाडौं- वरिष्ठ अधिवक्ता शम्मु थापाले प्रतिनिधि सभामा नपुगिकन कसैले संसदमा बहुमत प्राप्त गर्न सक्दैन भनेर कसरी भन्न मिल्छ भन्दै प्रश्न गरेका छन्।
संसद विघटनसम्बन्धी रिटमा बुधबार निवेदकका तर्फबाट बहस गर्दै उनले प्रधानमन्त्रीमा दाबी पेश भएपछि प्रतिनिधि सभामा नपुगिकन कसैले बहुमत प्राप्त गर्न सक्छ वा सक्दैन भनेर राष्ट्रपतिले कसरी भन्न मिल्छ? भन्दै प्रश्न गरे।
'प्रतिनिधि सभामा नपुगिकन फलानोले प्राप्त गर्न सक्दैन भनेर राष्ट्रपतिले कसरी भन्न मिल्छ? यो इजलाशको ध्यानाकर्षण गराउन चाहेको केहो भने राष्ट्रपतिले प्रतिनिधि सभा बोलाएर त्यसमा निर्णय गर्नु पर्ने थियो।तर उपधारा ७ अनुसार विघटनमा जानु भयो' इजलास समक्ष थापाले भने।
प्रधानन्त्रीले विश्वासको मत ३० दिन भित्र लिनु पर्ने संवैधानिक व्यवस्था भएपछि त्यसलाई टार्न नमिल्ने बताउँदै उनले विश्वास नलिएको व्यक्ति प्रधानमन्त्री नहुने बताए।विश्वासको मत प्राप्त हुन नसके पदवाट मुक्त हुने तर्क गरे।
धारा ७६ संसदीय प्रजातन्त्र भएको र यसको अभ्यास संसदमा हुनुपर्ने थापाले बताए। 'धारा ७६ संसदीय प्रजातन्त्र हो। संसदमा यसको अभ्यास हुनुपर्छ। यो रहेन भने कुनै पनि अधिकार हुँदैन,' इजलास समक्ष थापाले भने, 'संविधानलाई पल्टाउने अधिकार संसदलाई छ। यो धारामा पटक पटक प्रतिनिधि सभा किन भनियो। अनि उपधारा ५ मा सरकारको प्रश्न आउँदा प्रतिनिधि सभा किन चाहिएन राष्ट्रपतिलाई?'
उनले पहिलो लहरमा विघट भएको र दोस्रोमा पनि विघटन भएको र अब तेस्रो लहर आउँदा के हुने हो भन्दै प्रश्न गरे। उनले बहुमत सांसद संसदमा उपस्थित भएकाले अन्तरिम आदेश जारीको माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।