काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलास शुरू भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको निवेदनबाट संवैधानिक इजलासमा बहस सुरु भएको हो। अहिले शेरबहादुर देउवाको रिट निवेदनमा बहस सुरु भएको छ। बहसका लागि आधा घण्टाको समय दिइएको छ।
देउवाका तर्फवाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस थालेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यााधीशहरुको इजलास तोकेका थिए।
आइतबारपछि सुनुवाइ हुन नसकेको यो मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीशले बुधबारका लागि पेशी तोकेका थिए। त्यसका लागि उनले दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई संलग्न इजलास तोकेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।